बाँकेको एक सामुदायिक वनबाट प्रहरी, वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सालको अबैध गोलिया काठ बरामद गरेको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर १ मा पर्ने हजरत सामुदायिक वन उपभोक्ता समूहको जंगलभित्र काटेर ढालेको अवस्थामा अवैध सालको गोलिया ५०.१० क्युफिट काठ बेवारिसे अवस्थामा बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालगन्ज सव डिभिजन वन कार्यालय राँझा, प्रहरी चौकी खडैचा र वन उपभोक्ता समुहको पदाधिकारीको संयुक्त गस्ती टोलीले उक्त परिमाणको काठ सोमबार दिउँसो जंगलबाट बरामद गरी सामुदायिक वनका पदाधिकारीहरुलाई बुझाइएको प्रहरीले जनाएको छ ।
काठ तस्करहरु पछिल्लो समयमा बाँकेका विभिन्न सामुदायिक वनहरुबाट रुखहरु काटेर तस्करी गर्न सक्रिय रहेको पाइएको छ ।

२५ माघ २०७८, मंगलवार १८:२६ प्रकाशित