वडा प्रहरीद्वारा अबैध भारतीय कुखुरा बरामद
  • काँचुली खबर

वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार बिहान बाँकेको जानकी गाउँपालिकाबाट ठूलो मात्रामा अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको छ ।

सोमबार बिहान अन्दाजी ९ बजेको समयमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर २, नेवाजीगाउँ नजिकबाट नेपाल सरकारले भारतबाट नेपाल ल्याउन बन्देज लगाएको अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भन्सार तथा क्वारेन्टाइन छली गरी चोरी पैठारी गरी भारतबाट नेपालगन्ज बजारतर्फ ल्याउदै गरेको ३ सय गोटा भारतीय ब्रोईलर कुखुरा बरामद गरेको खड्काले जानकारी दिए । बरामद गरिएका उक्त कुखुराको बजार मूल्य अन्दाजी २ लाख ४० हजार रहेको उनले जानकारी दिए ।

कुखुरा ओसारपसार गर्न प्रयोग गरिएका भे३प ५७२५, भे२प २२०९ र ज४प १८२७ नम्बरका तीनवटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी निरीक्षक खड्काले बताए । प्रहरी पुगेको सुइँको पाएपछि तस्करहरु भने कुखुरा र मोटरसाइकल छोडेर भागेको उनले जानकारी दिए । तस्करहरूले भारतबाट पटक पटक गरी कुखुरा ल्याई सिमावारी नेपाली गाउँको कुनै एक स्थानमा जम्मा पार्ने र त्यसरी जम्मा पारिएका कुखुरालाई मोटरसाइकलबाट नेपालगन्ज बजारमा ल्याउने गरेको पाइएको खड्काले जानकारी दिए ।

नियन्त्रणमा लिइएका कुखुरा र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय र नेपालगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बाँकेका विभिन्न स्थानबाट प्रहरीले भारततर्फबाट नेपाल ल्याउदै गरेको अवस्थामा भारतीय ब्रोईलर कुखुरा तथा अन्य अबैध सामग्रीहरु धमाधम बरामद गरिरहेको छ ।

  • २४ माघ २०७८, सोमबार १८:०६ प्रकाशित
  • Nabintech