यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ महिला रोग विज्ञहरु छन् । गुलाबी रङको वेटिङ रुममा महिलाहरू निकै धैर्यताका साथ प्रतीक्षा गरिरहेका छन्।
ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरू भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ । यास्मिनले नक्कली हाइमन लगाएको बताइन् । एक सानो मेडिकल प्रक्रियाबाटै महिलाको गोप्य अङ्गमा हाइमन जोड्ने गरिन्छ । हाइमन एक प्रकारको झिल्ली जस्तो हुन्छ, त्यसलाई चिकित्सकहरुले जोड्ने गर्छन्।
पुनः जोड्नु भर्जिनिटीलाई फिर्ता ल्याएको रूपमा लिने गरिन्छ । यास्मिनको दुई महिनापछि बिहे हुँदैछ । त्यसैले २८ बर्षीया यास्मिनलाई आफू भर्जिन नभएको चिन्ता छ । कतै श्रीमानले उनी भर्जिन भएको शङ्का पो गर्ने हुन कि भनेर चिन्तित देखिन्छन्, यास्मिन । ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ,’ उनी भन्छिन्, ‘वा मेरा श्रीमानलाई यसबारे शङ्का नहोस्।’
दबाबट्युनियसामा कतिपयको बिहे हुनासाथ डिभोर्स हुने गरेको घटना बाहिर आउन थालेको छ । त्यसको मुख्य कारण पुरुषले आफ्नी श्रीमती भर्जिन नभएको शङ्का गर्ने गरेको देखिएको छ । यास्मिन जन्म एक उदार परिवारमा जन्मेकी थिइन् । र, केहीबर्ष विदेशमा पनि बसेकी थिइन् । उनलाई डर छ कि उनका हुनेवाला जीवनसाथले उनका अतीतका यौन सम्बन्धका बारेमा शङ्का लाग्यो भने विवाह टुट्नेछ।
‘मेरो एक पुरुषसँग अफेयर थियो ।’, यास्मिनले भनिन्, ‘त्यति बेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीका विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्छ र त्यसले कस्तो परिस्थिति ल्याउँछ ।’ ‘यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो अफेयर सम्बन्धबारे भविष्यका श्रीमानलाई भनेँ भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’,९ चिन्तित हुँदै उनले भनिन् । ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरु भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ ।
यास्मिनले हाइमन लगाउन करिब ४ सय अमेरिकी डलर ९४० हजार रुपैँया० तिरिन् । यो लगाउन आधा घण्टाको समय लाग्छ । फेरि हाइमन लगाउन आधा घण्टाको समय लाग्छ । यही हाइमन लगाउन यास्मिनले केही महिनादेखि पैसा बचाएर राखेकी थिइन्, जुन उनको परिवारलाई समेत थाहा छैन । यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन्, जसको नाम हो डा। रशिद । डा। रशिदले एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।
भर्जिन नभए सम्बन्ध विच्छेद
ट्यूनिशिया उत्तरी अफ्रिकामा यस्तो देश हो, जहाँ महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ । तर, धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ । ट्युनिशियाको डिभोर्स नियममा यो प्रावधान पनि छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले डिभोर्स दिन सक्छन् । समाजशास्त्री सामिया एलुमी भन्छिन९ ‘ट्युनिशियाको समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौँ । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रूपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं ।
महिलाको कामुकता र उनीहरूको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोषौँ टाढा छ ।’ एउटा सरकारी विश्वविद्यालयमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेन आउने वर्ष बिहे गर्दैछन् । मैले उनलाई सोधेँ, ‘के तिमी तिम्रो हुनेवाला श्रीमतीको भर्जिनटीको बारेमा वास्ता गर्छौ कि गदैनौँ रु’ तर, उनले जबाफ दिए९ ‘यो मेरो लागि धेरै भन्दा धेरै महत्त्वपूर्ण छ ।’
‘यदि मलाई विवाहपछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्दिन । म यसलाई धोकाको रूपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’ इशेनले भने । इशेन नजिकै बसेका उनका साथीले भने ट्युनिशियाली परम्पराका कारण महिलाले प्रताडना झेल्नुपरेको बताए । ‘यो पाखण्ड मात्र हो मेरो लागि,’ उनले भने, ‘यदि पुरुषले विवाहपूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने महिलालाई मात्रै किन कठघरामा खडा गरिनुपर्ने ?
२४ असार २०७५, आईतवार ००:२३ प्रकाशित