कोहलपुरमा चोरी : ‘चोरले खाना तताएर खाए, मदिरा पिए’ !
  • काँचुली खबर

बाँकेको कोहलपुरमा एकै रात तिन ठाँउमा चोरी भएको छ । बिहिबार राती कोहलपुरका तिनवटा पसलमा चोरी भएको हो ।

कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो ।

हाम्रो खाजा घरमा अन्दाजी १ बजेतिर चोरी भएको खाजाघरका संचालक आकाश कार्किले जानकारी दिए । कार्किका अनुसार चोरले काउन्टर फुटाएर नगद २७ हजार र करिब ४०/५० हजारको पेय पदार्थ चोरी गरेका छन ।

चोरहरुले खाजा घरमा चोरी गर्दा बचेको दाल भात तताएर समेत खाएको देखिएको संचालकले जानकारी दिए । साथै उनिहरुले बिभिन्न ब्राण्डका रक्सी तथा पेय पदार्थ समेत खाएको भेटिएको संचालकले बताए । अन्य पसलमा समेत चोरहरुले नगद तथा जिन्सी सामाग्री चोरी गरेको देखिएको छ ।

  • २१ माघ २०७८, शुक्रबार १७:०६ प्रकाशित
  • Nabintech