गरिब तथा जेहेन्दार विद्यार्थीहरुकालागि अक्षयकोष स्थापना
  • काँचुली खबर

बर्दिया बढैयाताल गाँउपालिका निवासी स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षयकोष स्थापना गरीएको छ । स्व. सुबेदीका श्रीमती सेतुमाया सुबेदी, छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी तथा बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका हुन् ।

बिहिबार सुबेदी परिवारद्वारा आयोजित लक्ष्यदीप प्रज्वलन, ब्रतबन्ध एवं आफ्ना सम्पुर्ण स्वर्गिय पितृजनहरुको सम्झनामा गरिएको एकाह कार्यक्रममा उनिहरुले अक्षयकोष स्थापनाको संकल्प गरेका हुन् ।

आफ्ना स्वर्गिय बुवाको नामबाट बढैयाताल गाउँपालिका वडा नम्बर ७ पडरिया स्थित नेपाल राष्ट्रिय माबि स्कुलमा अध्ययन गर्ने गरिब तथा जेहन्दार विद्यार्थीहरुकालागि रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ)को ‘पुर्णाखर सुबेदी स्मृति’ नामक अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय सुबेदीका जेठा छोरा कृष्ण प्रसाद सुबेदी उक्त विद्यालयका प्रधानाध्यापक समेत हुन् । आफु र भाईबहिनीले बाल्यकालमा पढेको र बुवाले रेखदेख गरेको स्कुल भएकाले आफ्नो बुवाको नाममा अक्षयकोष स्थापना गरेको कृष्णले बताए ।

अक्षयकोष घोषणा कार्यक्रममा उपस्थिति उक्त विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु गौतमले विद्यालयको लागि अक्षयकोष स्थापना गरेकोमा कृष्ण प्रसाद सुबेदी र उनका भाई अशोक सुबेदी लगायत सम्पुर्ण सुबेदी परिवारलाई बिद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

  • २० माघ २०७८, बिहीबार १९:४८ प्रकाशित
  • Nabintech