कुनै समयमा चारैतिर फोहोरैफोहरको थुप्रो हुने र फोहोरबाट विभिन्न रोगको सिकार बन्ने गरेका नेपालगन्ज कारागारका कैदीबन्दीहरुको अवस्था अहिले सुधारिएको छ ।
पहिला कारागार वरिपरि रहेका खाडल र त्यसमा जम्मा हुने दुर्गन्धित पानी तथा फोहोरको थुप्रो हुने गर्दथ्यो । जसका कारण कारागारका कैदीबन्दी तथा कर्मचारीहरु विभिन्न रोगको सिकार हुने गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिले भने कारागारको अवस्था फेरिएको छ । अहिले कारागारको वरिपरि रहेका दुर्गन्धित फोहोरलाई हटाएर, खाडलहरु माटोले पुरी त्यहाँ सौन्दर्यीकरण गरिएको छ । गतसाल पुस ७ गतेदेखि रामकुमार सोनकर उक्त कारागारमा कार्यालय प्रमुखका रुपमा आइसकेपछि मात्र यो सम्भव भएको कैदीबन्दीहरु बताउँछन् ।
‘पहिला कारागार वरिपरि अत्यन्तै दुर्गन्धित फोहोर र खाडलमा पानी जमेर कारागारका कैदीबन्दी र कर्मचारी समेत लुतो लगायतका छालाको रोग र आँखाको रोगबाट धेरै बिरामी हुने गरेका थियौं तर, कारागारमा नयाँ कार्यालय प्रमुखका रुपमा सोनकर सर आएपछि उहाँको अग्रसरतामा अहिले जताततै सफा र व्यवस्थित भएको छ ।’ एक कर्मचारीले भने ।
‘जताततै खाल्डो र फोहोरको थुप्रोहरु थियो, कर्मचारी तथा कैदी बन्दीहरु विभिन्न रोगले बिरामी हुन्थे । चिनजानका साथिभाईहरुलाई आग्रह गरेर उहाँहरुको सहयोगमा वरिपरि रहेका खाल्डा खुल्डीहरु माटोले पटान गरी व्यवस्थित भएको छ ।’ कार्यालय प्रमुख सोनकरले भने, ‘कार्यालयको अगाडिनै पानी जम्थ्यो, बर्षामा कार्यालय भित्रै पानी छिर्थ्यो । विभिन्न साथिभाईको सहयोगमा अहिले चारैतिर व्यवस्थित र सफा भएको छ ।’
कारागारको पस्चिमतिर काँडेतार लगाइएको थियो । अहिले काँडेतार हटाएर अग्लो पर्खाल निर्माण गरिएको छ । भित्रका पानी जम्ने खाडलहरुलाई पुरेर सफा र समथर बनाइएको छ । कार्यालयको उत्तरतिर दुबो र फुलहरु लगाएर सौन्दर्यीकरण गरिएको छ ।

कार्यालय प्रमुख सोनकरले कसैसँग बालुवा, कसैसँग ईट्टा, कसैसँग रड, सिमेन्ट लगायतका आवश्यक सामग्रीहरु मागेर काम गरिएको बताए । उनले साथिभाई लगायत केही स्थानीय तहले समेत उक्त कार्यमा साथ दिएको बताए । नजिकका चिनजानका साथिभाई र केही स्थानीय तहको आर्थिक तथा भौतिक सहयोगमा कारागारको मुहार फेर्ने काम भएको उनले जानकारी दिए ।
नेपालगन्ज कारागारमा अहिले ८ सयको हाराहारीमा कैदीबन्दीहरु रहेका छन । तर, कारागारको क्षमता भने जम्मा ३ सय ५० जना अट्ने रहेको छ । कारागारमा अहिले एउटा पनि महिला कैदीबन्दीहरु छैनन । त्यहाँका महिला कैदीबन्दीहरुलाई गतसालको कोरोना कहरपछि बर्दिया तथा दैलेख स्थानान्तरण गरिएको थियो ।

कारागारमा रहेका सबै कैदीबन्दीहरुलाई कोरोना विरुद्धको पुर्ण मात्राको खोप लगाइएको छ । कैदीबन्दीहरुका लागि शुद्ध पिउने तथा नुहाउने पानीको भरपुर व्यवस्था गरिएको छ । अहिले कैदीबन्दीहरुलाई लुतो लगायत छालाको रोग तथा आँखाको रोग हुने समस्या देखिएको छैन ।
कार्यालय अगाडि र उत्तरतर्फको खुला भागमा अहिले पिच गरिएको छ । पानी जम्ने समस्या छैन । सेफ्टी ट्याङ्की र ढल तथा शौचालयको राम्रोसँग व्यवस्थित गरिएको छ । पहिला ढक्कन बिनाका सेफ्टी ट्याङ्की र अव्यवस्थित ढल हुने गर्दथ्यो । कार्यालय प्रमुख सोनकरको अग्रसरतामा अहिले समग्रमा नेपालगन्ज कारागारको मुहार फेरिएको छ ।
कारागारभित्रको पहिलाको अवस्था:





१६ माघ २०७८, आईतवार १५:५३ प्रकाशित