काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं. ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्यो । यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘जहाज धेरै समय होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । जहाजमा ६९ जना यात्रु थिए ।
अनलाईनखबरबाट
६ माघ २०७८, बिहीबार १२:०३ प्रकाशित