बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधूसुदन न्यौपानेले जानकारी दिए ।

विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो । असोज महिनादेखि हालसम्म बरामद गरिएका विभिन्न लागूऔषध जलाएर नष्ट गरिएको प्रनाउ न्यौपानेले बताए ।

४ माघ २०७८, मंगलवार १६:३७ प्रकाशित