सुरु भयो कोरोना बिरुद्धको ‘बुस्टर डोज’ खोप
  • काँचुली खबर

बाँकेमा पनि कोरोना बिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको हो ।

२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आजबाट ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

श्रेष्ठका अनुसार, अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी), सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू , महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि) मा काम गर्ने कर्मचारीहरुलाई ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो ।

उनका अनुसार, २०७७ चैत्र अन्तिमसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका उनिहरुलाई अहिले सोही खोप दिइनेछ ।

बाँकेको नेपालगन्ज र कोहलपुर गरी दुई स्थानबाट ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । नेपालगन्जको भेरी अस्पतालको ईमर्जेन्सी सेवाको अगाडि र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट खोप केन्द्र संचालन गरिएको श्रेष्ठले बताए । खोप लगाउन जादा खोप कार्ड र परिचयपत्र आवश्यक पर्ने उनले जानकारी दिए । त्यसैगरी, ६० बर्ष उमेरमाथिका नागरिकहरुलाई माघ १४ गतेदेखि ‘बुस्टर डोज’ खोप लगाइनेछ ।

  • २ माघ २०७८, आईतवार १२:४५ प्रकाशित
  • Nabintech