यदि तपाईंले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन हाक्दै हुनुहुन्छ भने होसियार ! जरीवानामा पर्नु होला । यदी मापसे गर्नु भएको छ भने आफ्नो सवारी साधन आफैले ड्राइभ नगर्नुहोस् । बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा मापसे विरुद्ध चेकजाँच तिब्र पारेको छ ।
ट्राफिक प्रहरीले अहिले नेपालगन्जको बिपी चोकमा मापसे विरुद्धको चेकजाँच गरिरहेको छ । मापसे गरेर आउने सवारी चालकलाई कारबाही गरिरहेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

‘हामीले सवारी चालककै सुरक्षाका लागि मापसे चेकजाँच गरिरहेका छौं, सडक दुर्घटनाको प्रमुख कारण मापसे हो ।’ – ट्राफिक प्रहरी नायब निरीक्षक लक्ष्मण बहादुर ऐरले भने । नेपालगन्जको बिपि चोकमा मापसे चेकजाँचमा खटिएका उनले मापसे सेवन गरेर आउने चालकलाई फिल्डमै कारबाही पनि गरिरहेको बताए ।
कारबाही स्वरुप मापसे गरेका चालकलाई १ हजार रुपैयाँ राजस्व जरीवाना गरिएको र मापसे सेवन नगरेका अरु कसैलाई बोलाएर सवारी साधन लैजान दिने गरेको प्रनानि ऐरले बताए ।

प्रहरीले मोटरसाइकल, अटोरिक्सा, कार जिप, बस, ट्रक लगायतका सवारी साधनका चालकको मापसे चेकजाँच गरिरहेको छ । चेकजाँचका क्रममा धेरै सवारी साधनका चालक कारबाहीमा परिसकेको ट्राफिकले जनाएको छ ।







२५ पुष २०७८, आईतवार २०:३५ प्रकाशित