१४ बैशाख २०८१, शुक्रबार
एमाले बाँकेको ८औं जिल्ला अधिवेशन उद्घाटन
  • काँचुली खबर

नेकपा एमाले बाँकेको ८औं जिल्ला अधिवेशन उद्घाटन भएको छ । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वलीले बाँकेसहित ६३ जिल्लाका अधिवेशन जुम मार्फत एकैचोटि उद्घाटन गरेका हुन । हिमाली जिल्ला र २ नम्बर प्रदेश बाहेकका भूगोल र विशेष गरी ६३ जिल्लाको अधिवेशन आज एकैसाथ उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै अध्यक्ष वलीले जिल्लाको नेतृत्व चयनमा सकेसम्म सहमति गरेर जानुपर्ने बताए । उनले भने- ‘सकेसम्म जिल्लाको नेतृत्व चयन गर्दा सहमति गरेर जानुस, यदि सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस ।’

एमाले पोलिट्व्युरो सदस्य खेममान खड्काको विशेष आतिथ्यतामा बाँकेको उद्घाटन कार्यक्रम अगाडि बढेको छ । कार्यक्रममा एमाले केन्द्रिय तथा प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको छ ।

  • २३ पुष २०७८, शुक्रबार १२:५४ प्रकाशित
  • Nabintech