७ बैशाख २०८१, शुक्रबार
लागू औषधसहित एक युवा पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित एक युवालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित सोमबार नेपालगन्ज १५ बाट लम्कीचुहा नगरपालिका ४ का २४ बर्षिय कर्ण वोगटीलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा वोगटीको साथबाट फेनिरामाइल एभिल – २१५ पिस, नाईट्रोभेट – १० पिस र ट्रामाडोल – २१० पिस गरी जम्मा ४३५ पिस लागू औषध ट्याव्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका वोगटीका बारेमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • १२ पुष २०७८, सोमबार १९:०४ प्रकाशित
  • Nabintech