मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार एक टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गरेको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए ।

पहाडी जिल्लाबाट कामका लागि गएका मजदुर सवार ट्रिपर दुर्घटनामा परेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन । गाडी सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ । जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको उनले बताए ।
घाइतेको उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर काठमाडौंबाट जाँदै गरेको उनले बताए । सेनाको हेलिकोप्टर पनि माग गरेको पौडेलले जानकारी दिए । मुस्ताङ प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले स्थलमार्गबाट प्रहरी घटनास्थल तर्फ हिँडिसकेको बताए। घटनास्थल जोमसोमदेखि ५ घण्टा टाढा पर्छ।
२२ असार २०७५, शुक्रबार १६:२५ प्रकाशित