गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा ‘स्वास्थ्य र समृद्धि’ मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको ‘सप्तरंग सांगितिक कार्यक्रम’ अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ ।
नेपाल प्रहरी संगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, लोक गायक बद्री पंगेनी, पप गायक अनिल सिंह, मिलन नेवार, अस्मिता अधिकारी र उषा उप्रेतीले आ-आफ्ना चर्चित गितहरु र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रहरी टोलीका ६ जना कलाकार समेतले आफ्नो प्रस्तितु दिएका थिए । धेरै समयपछि भएको सांगितिक कार्यक्रममा उपस्थित दर्सकहरुले भरपुर मनोरंजन लिएका थिए ।

दर्सकहरुलाई सन्देश मुलक मनोरंजन प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रम देशका सातै प्रदेशमा सम्पन्न गर्ने क्रममा बिहीवार लुम्बिनी प्रदेशको नेपालगन्जमा सो कार्यक्रम भएको हो । हालसम्म १ नम्बर प्रदेशको काकडभिट्टा, २ नम्बरको जनकपुर र बागमतीको नारायणघाटमा सो कार्यक्रम सम्पन्न गरिसकिएको आयोजकले जनाएको छ भने बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रम सुरु हुनु पुर्व नेपालगन्जको बिपि चोकदेखी कार्यक्रमस्थल रामलिला मैदानसम्म भव्य र्याली निकालिएको थियो । र्यालीमा नेपाल प्रहरीको व्याण्ड बाजासहितको टोली, विभिन्न धर्मका धर्मगुरुहरु, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक प्रहरी सेवा केन्द्र, खेलाडी तथा विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो र्यालीमा बाँकेका प्रजिअ, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख, राष्ट्रिय अनुसंधानका प्रमुखसमेतको उपस्थिति रहेको थियो ।







२ पुष २०७८, शुक्रबार १०:५७ प्रकाशित