बिपिडब्लु लघुबित्तको कर्मचारी अभिवृद्धि तालिम संचालन
  • काँचुली खबर

बिपिडब्लु लघुबित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजनामा आफ्ना कर्मचारीहरुको कार्य क्षमता बृद्धिका लागि ४ दिने कार्य सम्पादन अभिवृद्धि तालिम आइतबारदेखि ललितपुरको धोबिघाटमा शुभारम्भ भएको छ ।
रसुवा, चितवन, मकवानपुर, ललितपर र काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत १७ जना कर्मचारीहरुलाई संस्थाको मिसन भिजन गोल प्राप्तिकालागि सक्षम बनाइ बित्तिय संस्थाको उद्देश्य प्राप्तिमा टेवा पुग्ने लक्ष्यसहित सो तालिम संचालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमिला शाक्यले बताइन ।
आरएमडिसिका पुर्ब कर्मचारी राम दयाल राजबंशि, डिप्रोक्स लघु बित्तका संस्थापक प्रमुख कार्यकारी अधिकृत एवं शेयरधनि बिष्णु प्रसाद पाठक र छिमेक लघुबित्तका पुर्ब प्रमुख कार्यकारी अधिकृत राम चन्द्र जोशिले सहजिकरण गरेको सो तालिममा ग्रामिण स्तरमा रहेको गरिबि र पछयौटेपनालाई कमि गर्न बित्तिय संस्थाले खेल्ने भुमिकाका बारेमा प्रकाश पारिएको थियो ।

फिन्गोबाट २० बर्ष पछि २०७६ सालमा लघुबित्तमा परिमार्जन भएको बिपिडब्लु लघुबित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई बिना झन्झट बिना धितो ३ लाख सम्म र धितोमा १० लाख सम्म ग्रामिण स्तरमा कर्जा प्रबाह गरि गाउँ गाउँमा लघुउद्यमी उत्पादन गर्दै सामाजिक चेतनाको स्तर उकास्न महत्वपर्ण भुमिका खेलिरहेको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रदिप कोइरालाले बताए ।
ललितपुरको पाटन जस्तो स्थानमा रहेर लघुबित्त सेवा प्रदान गरिरहेको संस्थाले शहरी क्षेत्रमा गरिब पत्ता लगाई सेवा दिन निकै चुनौति र कठिन भएपनि संस्थाले स्थानिय मुर्तिकार, साना ब्यापारी पहिचान गरि कर्जा सेवा प्रदान गरिरहेको छ ।
भुकम्प पिडितलाई समेत सहयोग पुर्‍याउन भुकम्प कर्जा, आकस्मिक कर्जा दिंदै शहरी क्षेत्रदेखि रसुवा जस्तो दुर्गम स्थानमा आफ्नो कार्यक्रम सञ्चालन गरेको संस्थाको निकट भविष्यमा आइपियो जारी हुने संस्थाका अध्यक्ष किशोर भाइ बज्राचार्यले बताए ।
संस्थाले यस अघि मंशिर २२ र २३ गते ललितपुरमै ब्यबस्थापकीय कर्मचारी, सञ्चालक समितिलाई समेत २ दिने स्टाटिजि बिज्नेस प्लानिङ तालिमको आयोजना गरेको थियो ।

  • २७ मंसिर २०७८, सोमबार २०:४० प्रकाशित
  • Nabintech