कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका छन ।
कोहलपुर नगरपालिका-११, गोलपार्कमा कार्यालय रहेको कोहलपुर टुडेको उद्घाटन गर्दै मन्त्री अथकले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सम्भ्य समाजको निर्माणको लागि मिडियाको आवश्यकता रहेको उनको भनाई थियो । ‘अहिलेको युवाले नयाँ मिडिया सञ्चालन गर्नु निकै श्रहनीय काम हो’ उनले भने ।
यस्तै कोहलपुर मिडिया हाउस प्रा.लि. का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले बाँके जिल्लाका आठ वटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढि प्राथामिकता दिने बताए । समाजमा रहेका भष्ट्राचार, आतंक, बलत्कार, घुसखोरीको न्यूनिकरणको गरी सुशासन कायम ल्याउनका लागि पूर्ण रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कोहलपुर टुडेका सम्पादक एकराज शर्माले गास, बाँस र कपास, शिक्षा तथा स्वास्थ्य, सुरक्षा बुलुन्द आवाजको रुपमा काम गर्ने बताए । पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा कार्यन्वयन गर्दै विभिन्न घटनाहरुलाई अनुसन्धान गरी सत्य, तथ्य र निष्पक्ष रुपमा समाचारहरु संप्रेशन हुने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनारले पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । अहिले नेपालमा च्याउसरी अनलाइन संचालन हुँदा सचारको विश्वसनियता र प्रभावकारीमा समस्या देखिएको तर्फ ईगित गर्दै सुनारले कोहलपुर टुडेले सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेशनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
२२ मंसिर २०७८, बुधबार १५:२३ प्रकाशित