माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ निर्वाचित भएका छन ।
आइतबार चितवनको भरतपुरमा सम्पन्न सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले जुगललाई निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार र आइतबार गरी दुई दिन चलेको महाधिवेशनले अध्यक्षमा जुगलसहित १ सय ९९ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।
पदाधिकारीको भने टुंगो लाग्न बाँकी रहेको छ । निर्वाचित केन्द्रिय सदस्यहरुबाट पदाधिकारी टुंगाइने बताइएको छ ।
बाँकेबाट केन्द्रिय सदस्यमा सिराज खान, शिव सुनार र सुशील लामिछाने गरी तीनजना निर्वाचित भएका छन ।
१९ मंसिर २०७८, आईतवार २३:०० प्रकाशित