नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट गरेको छ ।
गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आज पत्रकारहरुसङ्ग भेटघाट गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भेटघाट कार्यक्रममा नगर अध्यक्ष रतन शाहीले पार्टीले आगामी दिनमा गरिने कार्ययोजना तथा कार्यक्रमका बारेमा प्रस्तुति गरेका थिए ।
नेपालगन्जको समग्र विकास र जनताका जनजिविकाको साझा सवालमा अन्य सबै राजनैतिक पार्टीहरुसङ्ग सहकार्य गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने, महान जनयुद्ध, ऐतिहासिक १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, जनजाति तथा महिला आन्दोलनको जगमा स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं सहभागितामुलक लोकतन्त्र रक्षाका लागि सधै संघर्षरत रहने उनले बताए ।
अध्यक्ष शाहीले उपमहानगरपालिका भित्र बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय एवं धर्म सम्प्रदायको बसोबास भएकोले यहाँको सामाजिक सद्भाव तथा सहिसुष्णता कायम गर्ने, आगामी स्थानीय निर्वाचन केन्द्रित कार्यक्रमको क्यालेन्डर बनाएर व्यापक प्रभावकारी बनाउने र महान जनयुद्धका घाइते, अपांग तथा सहिद परिवार बेपत्ता परिवारलाई भेटघाट एवं उच्च सम्मान गर्ने कार्ययोजना रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज इन्चार्ज अकलबहादुर बम, नगर पुर्व अध्यक्ष डिल्ली बराल, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिव प्रेमबहादुर शाह, सह-सचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन लगायतको सहभागिता रहेको थियो ।
१४ मंसिर २०७८, मंगलवार १८:२४ प्रकाशित