नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटीको अध्यक्षमा प्रदिप विक चयन भएका छन । बाँकेको बैजनाथ गाँउपालिकाको दोस्रो नगर सम्मेलनबाट विकको नेतृत्वमा ४९ सदस्यीय कमिटी विस्तार गरिएको हो ।
कमिटीको उपाध्यक्षमा चक्रमिलन चन्द, समिन ईद्रिसी, कृष्ण जि.एम., सचिवमा मिरा कार्की, सह-सचिवमा दिनेश थारू र कोषाध्यक्षमा हुर्मत शर्मा चयन भएका छन । नगर सम्मेलनबाट सर्वसम्मत रुपमा कमिटि चयन गरीएको नेकपा माओवादी केन्द्र बैजनाथ गाँउपालिकाका ईन्चार्ज नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी दिए ।
१३ मंसिर २०७८, सोमबार १६:५६ प्रकाशित