सुरु भयो माओवादी खजुराको दोस्रो अधिवेशन
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको आज देशैभर पालिकास्तरिय सम्मेलन सम्पन्न हुदैछन । सोही क्रममा बाँकेको खजुरा गाउँपालिकाको पनि अधिवेशन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रमलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य, बाँके जिल्ला संयोजक तथा लुम्बिनी प्रदेश सांसद आइपी खरेल, लुम्बिनी प्रदेश सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज डम्बर बिक तुफान, सहिद परिवारका तर्फबाट कान्तु गौतम, कम्युनिस्ट अग्रजका तर्फबाट मानबहादुर वली लगायतले सम्बोधन मार्फत शुभकामना व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा सहिद परिवारहरु, जेष्ठ कम्युनिस्ट आन्दोलनका अग्रजहरु, खजुरा क्षेत्रमा योगदान पुर्‍याएका क्रान्तिकारी बुद्दिजिवीहरुलाई सम्मान गरिएको थियो ।
धनराम वलीको संचालन र पालिका अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा संचालन भैरहेको पालिकाको अधिवेशन सम्पन्न गर्न ८ वटा वडाका २ सय बढी प्रतिनिधिको सहभागिता रहेको पालिका इन्चार्ज तुफानले जानकारी दिए ।



  • ११ मंसिर २०७८, शनिबार १२:३० प्रकाशित
  • Nabintech