फाइल तस्वीर
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
वलीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ११ की ती महिलाको गएराती ११:५० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक ती महिलालाई कात्तिक २४ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएको वलीले बताए ।
योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७६ पुगेको छ । जसमध्ये, बाँकेका ३४३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४३३ पुगेको छ ।
११ मंसिर २०७८, शनिबार ०८:४२ प्रकाशित