नेपालगन्ज विमानस्थलमा जहाजसंग स्याल ठोक्कियो
  • काँचुली खबर

नेपालगन्ज विमानस्थलमा बुधबार बेलुका गुडिरहेको जहाजसंग स्याल ठोक्किएको छ । जहाजसंग ठोक्किएपछि स्यालको मृत्यु भएको छ ।
काठमाडौबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसंग ठोक्किएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बुधबार बेलुका पौने ८ बजेतिर काठमाडौबाट आएको सो जहाज अवतरणपछि रन-वे मा कुदिरहेको अवस्थामा एक्कासी स्याल आएर जहाजको अगाडीको नोजमा ठोक्किएको अधिकारीले बताए ।
जहाजसंग ठोक्किएको स्याल छियाछिया भएको छ । यात्रु भने सबै सकुशल रहेको र जहाजमा पनि ठूलो क्षति नभएको उनले जानकारी दिए ।
केही समय अघिमात्र सो विमानस्थलमा नेपालगन्जबाट मुगु उडानकालागि रन-वे मा कुदिरहेको सीता एअरको जहाजसंग ३ वटा बदेल ठोक्किएर मरेका थिए ।
नेपालगन्ज विमानस्थलमा वन्यजन्तु जहाजसंग ठोक्किने घटना दोहोरिरहेका छन । तर, मानवीय क्षति भने भएको छैन । वन्यजन्तु जहाजसंग ठोक्किरहने घटना दोहोरिरहदा भविष्यमा ठूलो मानवीय क्षति नहोला भन्न सकिन्न । विमानस्थलले बेलैमा वन्यजन्तुलाई विमानस्थलमा प्रवेशमा रोक लगाउने दीर्घकालीन योजना बनाउनु जरुरी देखिन्छ ।

सीता एअरको जहाजले तीनवटा बँदेललाई किच्यो: बँदेलको मृत्यु, यात्रु सबै सकुशल

  • ८ मंसिर २०७८, बुधबार २०:३७ प्रकाशित
  • Nabintech