७८२ जना बालबालिकाले लगाए फाइजर खोप, ३ सयलाई भोलि लगाइने
  • काँचुली खबर

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ ।
नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेका १२ देखि १७ बर्षसम्मका ७ सय ८२ जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको फाइजर खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

एक हजार डोज खोप मध्ये बाँकी बचेको ३ सय १५ डोज पहिलो मात्राको खोप भोलि पनि लगाइने उनले बताए । ‘एक हजार जना बालबालिकालाई खोप लगाउने योजना थियो, आज ७ सय ८२ जनाले लगाए बाँकी बचेको ३ सय १५ डोज खोप भोलि बिहान ८ बजेदेखि भेरी अस्पतालमा लगाइनेछ ।’ – उनले भने ।
खोपको संख्या कम भएको हुँदा भोलि जो पहिला आउँछ उसैलाई प्राथमिकताका आधारमा खोप नसकिदा सम्म लगाइने श्रेष्ठले जानकारी दिए ।
पहिलो मात्राको फाइजरको खोप लगाएका बालबालिकाहरुलाई दोस्रो मात्राको खोप मङ्सिर २७ देखि पुस २ गतेसम्म लगाइने उनले बताए । खोप लगाउन जादा १२ देखि १७ बर्षको उमेर खुल्ने बिद्यालयको परिचय पत्र वा जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ ।

  • ७ मंसिर २०७८, मंगलवार १९:०६ प्रकाशित
  • Nabintech