तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका नेपालगन्ज पुगेका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी भए । प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडिएका थिए ।
तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका छन । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१ अर्ब २२ करोड लागत अनुमान गरीएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने मन्त्री अथकले जानकारी दिए । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत दिएका छन ।

यसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनकालागि राप्तीपारी तथा नरैनापुर पुगेका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए । जिल्लाको तिन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनितिक कार्यक्रमहरुमा समेत सहभागीता जनाए । उहाँ आज बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।



६ मंसिर २०७८, सोमबार ११:४४ प्रकाशित