जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो ।
मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट बाँके ट्राफिक प्रहरी प्रमुखको रुपमा काज सरुवा भएर यहाँ आएका थिए ।
यसअघि मल्लले बाँकेमा इलाका प्रहरी कार्यालय खजुराखुर्द र वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा सफलतापुर्बक जिम्मेवारी निर्वाह गरिसकेका छन ।
कास्की ट्राफिक प्रमुखका रुपमा कार्यरत रहँदा मल्ललाई उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मान गरेका थिए ।
उनि बाँके लगायत देशका विभिन्न जिल्लामा रहेर सफलतापुर्बक जिम्मेवारी निभाइसकेका छन । अपराध अनुसन्धान महाशाखामा रहेर उनले कुसल र सक्षम अनुसन्धान अधिकृतको भुमिका निर्वाह गरिसकेका छन । प्रहरी संगठनभित्र उनि कुसल अनुसन्धान अधिकृतको रुपमा चिनिन्छन ।
प्रहरी प्रधान कार्यालयले आज मल्लसहित १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई सोही समूहतर्फको प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
४ मंसिर २०७८, शनिबार २३:०७ प्रकाशित