नेपाल कम्यूनिष्ट पाटी (माओवादी केन्द्र) को शनिबार एकै दिन देशभर वडा सम्मेलन सम्पन्न भएको छ । जसअन्तर्गत बाँकेको कोहलपुरका १३ वटा वडामा नयाँ कमिटि चयन गरीएको छ ।
नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १५ मध्ये १३ वडाका वडा सम्मेलन सकिएको हो । वडा नं. ७ र १५ बाहेक अरु सबै वडामा सम्मेलनमार्फत नयाँ समिति चयन गरीएको छ । ति दुई वडामा केही दिनमै सम्मेलन गर्ने तयारी गरीएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शनिबार सम्पन्न वडा सम्मेलनबाट कोहलपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा अम्मर चन्द चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा महेन्द्र वहादुर परियार, सचिवमा जगत बहादुर आले, सह-सचिवमा खगेन्द्र वली र कोषाध्यक्षमा भिमा सुनार लगायत २५ सदस्यीय समिति गठन गरिएको छ ।
त्यसैगरी वडा नं. २ मा अम्बर बहादुर बिकको अध्यक्षतामा २६ सदस्यीय वडा समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा भुपेन्द्र वली, सचिवमा उमेश बिक, कोषध्यक्षमा प्रमिला खत्रि र सह-सचिवमा खेम राज बुढा क्षेत्री रहेका छन ।
वडा नं. ३ को अध्यक्षमा प्रभा बुढा, उपाध्यक्षमा भुपेन्द्र पौडेल, सचिवमा कृष्ण चौलागाई, सह-सचिवमा नारायण भुषाल र कोषाध्यक्षमा सर्प राज तिरवा लगायत २४ सदस्यीय समिती गठन गरिएको हो ।
वडा नं. ४ को अध्यक्षमा नरेश आर्याल चएन भएका छन । उपाध्यक्षमा दुखु थारु, सचिवमा नैनुल अब्दुल जागा, सह-सचिवमा प्रकाश पौडेल र कोषध्यक्षमा रुबिया हलुवाई चएन भएको माओवादी केन्द्रले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ५ को अध्यक्षमा भुपराज भण्डारी चयन भएका भने वडा नं. ६ को अध्यक्षमा राम शरण चौधरी, उपाध्यक्षमा तिलक लामिछाने, सचिवमा राम प्रसाद थारु, सह-सचिवमा उषा बिसी रिजाल र कोषध्यक्षमा एलिना थापा लगायत १९ सदस्यीय समिती गठन गरिएको छ ।
वडा नं. ९ को अध्यक्षमा ओपेन्द्र नाथ योगी, उपाध्यक्षमा र्सजु प्रसाद थारु, सचिवमा नरेन्द्र हरिजन, सह-सचिवमा नाकि शाई, कोषध्यक्षमा निरु सुनार लागत २८ सदस्य कमिटी गठन गरिएको छ ।
वडा नं. १० को अध्यक्षमा भुपेन्द्र सुनार चएन भएका छन । शनिवार भएको माओवादी केन्द्रको दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्य समिती चएन गरेको हो । जसको उपाध्यक्षमा पद्मा पौडेल, सचिवमा तेज बहादुर बस्नेत, सह-सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगर लगायत रहेका छन ।
कोहलपुर ११ को अध्यक्षमा रेशम लाल सापकोटा, उपाध्यक्षमा गणेश शाही, सचिवमा तिलक थापा लगायत २५ सदस्यीय समिती गठन गरिएको छ । समितीको कोषाध्यक्षमा राज जानकी केसी रहेकी छन ।

वडा नं. १२ को अध्यक्षमा निरक शाही, उपाध्यक्षमा दुर्गा तारम मगर, सचिवमा गंगा डाँगी, सह-सचिवमा धन सिह लोहार, कोषध्यक्ष मोहन बस्नेत लगाएत १८ सदस्यीय समिती गठन गरिएको छ । कोहलपुर १३ को अध्यक्षमा मान बहादुर खड्का, उपाध्यक्षमा कुल बहादुर घर्ति, सचिवमा चन्द्र किरण गिरी, सह-सचिव धन बहादुर रोका, कोषाध्यक्ष खिम सरी घर्ती सहित २५ सदस्यीय समिती निर्माण गरिएको छ ।
त्यसैगरी कोहलपुर नगरपालिका वडा नं. १४ को अध्यक्षमा बासु शर्मा, उपाध्यक्षमा महेन्द्र खत्रि, सचिवमा भबिश्वर राना, सह-सचिवमा दिपक थापा क्षेत्री, कोषध्यक्षमा लक्ष्मी कार्की कुवर लगायत २५ सदस्य समिती गठन गरिएको छ ।
नगर सम्मेलन उद्धघाटन कार्यक्रममा सहभगी हुन गृहजिल्ला आएका माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले माओवादी पार्टी पुर्नगठन गरि नेपालकै ठुलो क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान सुरु भएको बताए । उनले संगठन निर्माण अभियानसंग आगामी निर्वाचन केन्द्रीत भएर जनतामा जान समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताए ।

न्यौपानेले कोहलपुर क्षेत्रका भएको वडा सम्मेलनमा उत्साह पुर्ण सहभागिता रहेको बताए । वडा सम्मेलनले ११ गते हुने नगर सम्मेलनकालागि नगर प्रतिनिधी समेत चएन गरेको माओवादीले जनाएको छ । माओवादी नगर सम्मेलनमा सम्मेलनमा पार्टी सदस्य संख्याका आधारमा झण्डै ३ सय प्रतिनिधी सहभागि हुने छन ।
४ मंसिर २०७८, शनिबार २०:४३ प्रकाशित