सुनारको नेतृत्वमा माओवादीको १० नं. वडा कमिटि चयन
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं. १० को अध्यक्षमा भुपेन्द्र सुनार चयन भएका छन । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।

जसको उपाध्यक्षमा पद्मा पौडेल, सचिवमा तेज बहादुर बस्नेत, सह सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगर चयन भएका छन।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वडा सम्मेलनले सदस्यहरुमा अक्कल बहादुर सिजापती, लक्ष्मी कुवर, करिस्मा चन्द, रेउली एडी, बिर बहादुर रोकाय, कालि बहादुर रोकाय, नुर दिप कठायत, रोशन रावत, सर्जन घर्ति मगर, गिता रोकाय, मिमा पार्की कुमाल, अर्जुन देवकोटा, प्रेम बहादुर खत्री, तेज बहादुर थापा, धर्म बहादुर शाही र श्री बहादुर बस्नेतलाई चयन गरेको छ ।

सम्मेलनले १५ जना नगर प्रतिनिधी, सल्लाहकार समिती सदस्य, जेष्ट कम्युनिष्ट मंञ्चका लागि पनी वडाबाट जाने प्रनितिधी छनोट गरेको निवर्तमान अध्यक्ष देबी लाल बोहराले जानकारी दिए ।

सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तुलाराज बिष्ट ९बिहानी०ले माओवादी पुर्नगठन अभियानमा रहेको भन्दै माओवादीलाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने बताए । राजनैतिक परिवर्तनमा माओवादीले खेलेको भुमिका जस्तै अव बिकास र समृद्धिका लागि पनि माओवादीले नै पहल कदमी लिने उनले दाबि गरे ।

माओवादी केन्द्रको शनिबार देशभर वडा सम्मेलनहरु भईरहेका छन । जस अन्र्तगत कोहलपुर नगरपालिकाका १५ वटै वडमा सम्मेलनहरु भईरहेका छन । सम्मेलन अघि कोहलपुर नगरपालिका वडा नं. ११ मा झाँकि र र्याली सहित नगर परिक्रमा गरीएको माओवादी नेता बल बहादुर खड्काले जानकारी दिए ।

  • ४ मंसिर २०७८, शनिबार १३:४८ प्रकाशित
  • Nabintech