नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन ।
त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत भएका छन । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका हुन । उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

तेश्रो स्थानमा आर्मीकै सन्तोष बिष्ट भएका छन । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन ।
बिजेता खेलाडीलाई केही समयमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुरस्कार बितरण गर्नेछन ।
फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

४ मंसिर २०७८, शनिबार ११:०७ प्रकाशित