युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए ।
म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए । नेपालगन्ज म्याराथनले स्थानिय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए ।
“राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताए ।
४ मंसिर २०७८, शनिबार १०:१४ प्रकाशित