एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपालको कास्की अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन ।
शुक्रबार पोखरामा सम्पन्न चौतारी कास्की शाखाको आठौं अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । अधिवेशनले २३ सदस्यीय जिल्ला कार्य समिती सर्वसम्मत रुपले निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा मोतिसागर अधिकारी र महिला उपाध्यक्षमा बालकुमारी पौडेल (तारा), सचिबमा रन्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा र उमा आलेमगर (समावेशी) र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका छन ।
त्यसैगरी, सदस्यहरुमा क्रमशः पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापामगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना, दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा चयन भएका छन ।
३ मंसिर २०७८, शुक्रबार २१:२० प्रकाशित