कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवलयले मंसिर १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ मा धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशप्रमुख परियारले मंसिर १४ गते प्रदेशसभा बैठक बोलाएका हुन् ।
३ मंसिर २०७८, शुक्रबार १२:५५ प्रकाशित