रोल्पा बस दुर्घटनामा परी ज्यान गुमाएका चार जनामध्ये अहिलेसम्म एकजना (चालक)को मात्र सनाखत भएको छ भने १९ जना घाइतेको सनाखत भएको छ ।
मृतकमध्ये परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय बस चालक बिरमान बुढामगरको सनाखत भएको र अन्य तीन जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको पत्रकार बुद्धिमा वलीले जानकारी गराएका छन ।
त्यसैगरी घाइते भएकाहरुमा रोल्पा परिवर्तन – २, राङ्सीका १६ वर्षिय किरण घर्तिमगर, २६ वर्षिया बिना बुढामगर, वडा नम्बर ५ का ३२ वर्षिय बिनोद ओली, १ का २१ वर्षिय बिरेन्द्र मगर, ६ का १६ वर्षिय रुजन पुन मगर, २१ वर्षिया भिम कुमारी पुनमगर, ३६ वर्षिय तेज बहादुर पुन, २ की २८ वर्षियया अनिता बुढामगर, ५ का ३४ वर्षिय कमेराज रोका र थवाङ ३ की १२ बर्षिया कबिता बुढामगर रहेका छन ।
त्यसैगरी, उक्त दुर्घटनामा परी घोराही – १३ दाङकी बिष्णु कुमारी रोका, २८ वर्षिया निर्मला रोका, २४ वर्षिया घनी बुढा मगर, ३ वर्षिय सिहन बोहरा, २२ वर्षिय उषा बोहरा, २५ वर्षिया आशा बोहरा, २१ वर्षिय हर्कमान रोका, १४ की २५ वर्षिया बिमला रोकामगर र घोराही डुम्मरगाउकी १० वर्षिय एन्जेस रोकामगर रहेको पत्रकार वलीले जनाएका छन ।
दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस आज बेलुका रोल्पाको माडी ४ तार्केवाङमा सहिद मार्गबाट माडी खोलामा खसेर दुर्घटनामा परेको थियो ।
२ मंसिर २०७८, बिहीबार २२:१३ प्रकाशित