तस्वीर : कमल पौडेलको फेसबुकबाट
प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडी टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको युवक संघ प्युठानका कार्यबाहक अध्यक्ष कमल पौडेलले जानकारी दिए ।
झिमरुक गाउँपालिका – ५, मच्छिमा संचालन गरिएको प्रतियोगिताको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । युवक संघका कार्यबाहक अध्यक्ष पौडेलले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य बरुण मल्ल, भरत ढकाल, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि लगायतले सम्वोधन गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
१ मंसिर २०७८, बुधबार २१:४२ प्रकाशित