बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट सूर्य चुनाव चिन्हबाट २०७४ सालको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित बुधबार एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक बृहत् कार्यक्रमबिच मिश्रलाई एमालेमा प्रवेश गराएका हुन ।
मिश्रसहित करिम खाँ, गिरिजा पाठक लगायत ४ हजार २ सय जना नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गरेको एमाले बाँकेका उपसचिब प्रमोद धितालले जानकारी दिए ।
पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु नेपालगन्ज आएका थिए ।
१ मंसिर २०७८, बुधबार १६:३१ प्रकाशित