४ बैशाख २०८१, मंगलवार
प्रदेश ४ को नाम ‘गण्डकी’ हुने निश्चित
  • काँचुली खबर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको छ । यो निर्णयसँगे प्रदेश ४ को नाम ‘गण्डकी’ नै हुने लगभग पक्का भएको छ ।

प्रदेश ४ मा नेकपाको दुई तिहाइ बहुमत रहेको छ । नेकपाले पटकपटकको बैठकमा पनि नामको टुङ्गो नलगाएको कारण प्रदेश ४ को नामबारे टुङ्गो लागेको थिएन् । नेकपाले यो निर्णय गरेसँगै प्रदेश ४ को प्रदेशसभाको बैठकमा नामबारे प्रस्ताव पेश हुने छ ।

प्रदेशसभाको मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर बिहिबार ३ बजेसम्मको लागि स्थगित भएको हो । नयाँ शक्ति बाहेक अन्य दल प्रदेशको नाम गण्डकी राख्न सहमत रहेका छन् ।

प्रदेशको राजधानी र नामांक्नबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा असार १० गते नै टेबुल भइसकेको छ । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान–मगराँत, गोरखा र धौलागिरि नाम राख्न सुझाव दिइएको छ ।

  • २१ असार २०७५, बिहीबार ११:०९ प्रकाशित
  • Nabintech