नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कमिटी पुर्नगठन अभियान अन्तर्गत शनिवार बाँकेको कोहलपुरमा ४० वटा टोल कमिटी गठन गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा ४५ वटा टोल कमिटी गठन गरिएको हो ।
जस अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ मा ७ वटा, कोहलपुर नगरपालिका वडा नं. २ मा ७ वटा, कोहलपुर ३ मा ४ वटा, कोहलपुर ५ मा ४ वटा, वडा नं. ६ मा २ वटा, वडा नं. ९ मा ८ वटा टोल कमिटी गठन गरिएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

त्यसैगरी वडा नं. १० मा ४ वटा, वडा नं. १२ मा ४ वटा, वडा नं. १३ मा ३ वटा र वडा नं. १४ मा २ वटा टोल कमिटी गठन गरिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलाराज बिष्टले जानकारी दिए । बिष्टले केही वडामा आज सुरु गरिएको र केही वडामा आईतवार टोल कमिटी निर्माण गरिने जानकारी दिए । आज सुरु गरिएका वडाका केही टोलमा समेत टोल कमिटी निर्माण गर्न बाँकी रहेको उनले जानकारी दिए ।
बढिमा १९ सदस्यीय टोल कमिटी गठन कार्यक्रम ३ गते सम्म जारी रहने माओवादी केन्द्रले जनाएको छ । कोहलपुर क्षेत्रका १५ वटा वडामा १ सय बढि टोल कमिटी गठन गरिने माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । ‘हरेक टोलमा माओवादी, हरेक घरमा माओवादी’ भन्ने नाराका साथ आक्रमक तरिकाले पार्टी सदस्यता बितरण तथा कमिटी निर्माण अभियान सुरु गरिएको उनले जानकारी दिए ।

माओवादी केन्द्रको मङ्सिर ४ गते वडा सम्मेलन र १२ गते नगर सम्मेलन गर्ने मिती तय भई सकेको छ । आगामी स्थानिय तहको निर्वाचनलाई मध्येनजर गर्दै संगठन निर्माण अभियानलाई तिब्रता दिईएको उनको भनाई छ ।

२७ कार्तिक २०७८, शनिबार १८:२३ प्रकाशित