दाङकी कोरोना संक्रमित एक महिलाको नेपालगन्जमा मृत्युु
  • काँचुली खबर

फाइल तस्वीर
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
वलीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४५ बर्षिया कोरोना संक्रमित ती महिलाको आज बिहान १०:०० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक ती महिलालाई गत १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६९ पुगेको छ । जसमध्ये, बाँकेका ३४० जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

  • २७ कार्तिक २०७८, शनिबार १३:१४ प्रकाशित
  • Nabintech