बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय कार्यक्रम अन्तर्गत आकासिदो महँगी र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बिरुद्ध आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडीबाट नेकपा बाँकेका सेक्रेटरी अनिलको नेतृत्वमा निस्किएको र्याली एकीकृत जनक्रान्ति जिन्दावाद, सुस्तामा गरिएको भारतीय हस्तक्षेप बन्द गर, कालो बजारी तत्काल बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, दलाल संसदीय व्यवस्था खारेज गरौं, आकासिदो महँगी बन्द गर लगायतका दर्जनौं नारा जुलुस गर्दै बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य बिष्णु जिसी, युवा संघ नेपाल बाँके अध्यक्ष दिपक बुढा र अखिल क्रान्तिकारी बाँके अध्यक्ष डिल्ली क्षेत्रीले सम्बोधन गरेका थिए । उनिहरुले पछिल्लो समयमा देशमा बढ्दै गैरहेको महँगी र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबाट सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै सरकारको चर्को बिरोध गरेका थिए ।
नेकपाले आजदेखि शुरु गरेको बिरोध प्रदर्सनसङ्गै विभिन्न कार्यक्रमसहित कात्तिक ३० गते नेपाल बन्दको कार्यक्रम राखेको छ ।
२५ कार्तिक २०७८, बिहीबार १७:३९ प्रकाशित