माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनका अनुसार बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ ।
न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ । बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए ।

  • २३ कार्तिक २०७८, मंगलवार १९:२९ प्रकाशित
  • Nabintech