एकैपटक ३ जना प्रदेश प्रमुख पदमुक्त
  • काँचुली खबर

राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार १७:४९ प्रकाशित
  • Nabintech