२० मंसिर २०७९, मंगलवार
यो देशमा १७ हजार गंगामाया छन्
  • काँचुली खबर

रुकमाया दर्जि, बल बहादुर रोका, निरा घर्ति, सुकमाया तामाङ्, गोरी भण्डारी, झम कुमारी बिक, नम्रता परियार, बिनिता रोका, प्रेम कुमारी घले, लक्ष्मि सुनार, हिरादेवी बुढा, सिमकला फगामी, नरमाया बस्नेत, तुलमती बुढा, जस्मिन ताम्राकार, अनि हिरा तमु । तपाईहरुलाई लागेको होला यी मनुष्यहरुको नाम किन आयो एक्कासी ? अरे को हुन् यिनिहरु ?

हो यिनिहरु पनि गंगामाया जस्तै पीडा बोकेर बर्षौदेखि नेपाली माटोमा आँशु बगाएर बिछोडको जीवन बिताईरहेका छन् । आफ्नो मुटुको टुक्रा समानका सन्तानहरु फर्केर आउने बाटो हरिरहेका छन् । तर, ती कहिल्यै फर्केका छैनन् । यी नामावली तिनैका हुन्, जसले राज्य र माओबादीबीच भएको १२ बर्षको युद्धमा प्यारा सन्तानहरु गुमाए। दोकानमा चामल बेचेर बसिरहेको रनजीतेलाई अचानक हेलिकप्टरमाथी बाट फ्याँकियो । अनि स्कुलमा पढाउन गएको छोरालाई दोहोरो झडपमा मरेको भनियो ।

यी माथिका नामावलीहरुले कुनै ठूला मिडियामा स्थान पाएनन् । यी नामावलीहरुले कुनै प्रख्यात मानव अधिकारवादीको दयामाया पाउन सकेनन् । यी नामावलीहरुले त्यस्तो किसिमको सहानुभूती पाउन सकेनन् जसले निरन्तर आवाज उठाईरहन सकोस् । तर पनि जीवनको संघर्षमा बाँचिरहेकै छन् यी नामावलीहरु । केवल यिनिहरु अनशन बस्नको लागि गंगामाया बनेर अस्पतालको बेडमा लम्पसार पर्न सकेनन् ।

युद्ध र आन्दोलनमा मानिसहरु मर्छन्, तर तिनले निश्चित उदेश्य पुरा गरेका हुन्छन् । यो हैन युद्ध र आन्दोलनमा निर्दोषहरु मर्दैनन् । जस्तो कि १९ दिनको जन आन्दोलनमा राजाले गोली चलाएर मारेका महान शहिदहरु प्रख्यात आतंककारी थिएनन् । ती सोझासाझा नागरिकहरु थिए । वास्तवमा गैर न्यायीक हत्या त त्यो थियो । अब के कमल थापा बिरुद्ध मुद्दा चलाउन पाईन्छरु अब के पूर्वराजा ज्ञानेन्द्रबिरुद्ध मुद्दा चलाउन पाईन्छ ?

१२ बर्षको युद्धमा हजारौँ मानिसहरु मरे । खासगरी अधिकांश युवायुवतीहरु मरे । तिनका परिवार थिए । आमाबाबा थिए । सन्तानहरु थिए । श्रीमती थिए । सबैभन्दा ठूलो कुरा त तिनिहरुसँग महान सपनाहरु थिए । सायद गंगामायाको आँशु र यी नामावलीहरुको आँशुमा त्यस्तो कुनै फरकपन छैन जसले सपना र पीडाका परिभाषाहरुलाई नै एकाएक फेरबदल गर्न सकुन् । अनुमान गरौ, गंगामाया र यी माथिका नामावलीहरुको सन्तान जन्माउने कोख बिचमा के त्यस्तो भिन्नता होला र ?

राज्य पक्षबाट गाई हेरेर बसिरहेका गोठालालाई मारिएको छ । यसरी मारिएको छ कि बोरामा पोका पारेर खोलामा फालिएको छ । यो पनि गरिएको छ, घरबास जलाएर त्यहाँ भित्रका सबै सजिव प्राणिहरुलाई खरानी पारिएको छ । सिक्लेसमा मेला भर्न गएर फर्किरहेका एकहुल तरुनी तन्नेरीहरुलाई ज्यूदैँ खाल्डोमा पुर्ने काम समेत भएको छ । विदेशबाट पसिना बगाएर फर्किएको युवालाई आतंकारी भनेर चौबाटोमा गोली हानेर मारिएको छ । उसको रगत बगेको छ।

यिनिहरुको रगत जुन तरिकाले बग्यो नि, त्यो त सरासर गैरन्यायिक थियो । गर्वका साथ रेडियो नेपालको समाचारमा फुकिए जस्तो यिनिहरु कुनै छापामार थिएनन् । यिनिहरु दोहोरो भिडन्तमा मारिएका पनि थिएनन् । यिनिहरु कालगतीले मरेका थिएनन् । यिनिहरुको साथमा डेटोनेटर र ग्रिनेट पनि भेटिएको थिएन । यिनिहरुसँग बन्दोबस्तीका सामानहरु थिएनन् ।

सायद गंगामायाको आँशु र यी नामावलीहरुको आँशुमा त्यस्तो कुनै फरकपन छैन जसले सपना र पीडाका परिभाषाहरुलाई नै एकाएक फेरबदल गर्न सकुन् । अनुमान गरौ, गंगामाया र यी माथिका नामावलीहरुको सन्तान जन्माउने कोख बिचमा के त्यस्तो भिन्नता होला र ?

थियो त केहि थान कम्बलहरु जो लाहुरबाट ल्याईएको थियो । अनि थियो टर्च लाईटहरु जो राति रमिता हेर्दा प्रोग गरिएको थियो । जब उनिहरुसँग माओवादीमा वा लडाईमा संलग्न भएका कुनै प्रमाण र कागजातहरु नै थिएनन्, जो मुलतस राजनीतिसँग सोकार नै राख्दैन्थे, जो परिवारको लालानपालन र झिनोमसिनो सपनाहरुको साथमा बाँचिरहेका थिए, तिनलाई राज्यको तर्फबाट किन मारियो रु कुन प्रकरणबारे तत्कालिन प्रधानसेनापतीहरुलाई मुद्दा चलाईरहनु भएको छ, भनिदेउ न खाँट्टी मानवअधिकारवादी हो ?
अब भन्नुहोस् यिनिहरु जो निर्दोष हुँदाहुँदै राज्य पक्षबाट मारिए, तिनिहरुका बाबा आमा सबैले गंगामायाको सिको गरेर न्यायको खोजिमा अनशन बस्न थाले भने के होला रु मलाई लाग्छ यो देशको नाम नै परिवर्तन गरेर नेपाल हैन अनशन राख्नुपर्ला । किनभने अनशन नबसेको कुनै गल्लि हुनेछैन, अनशन नबसेको कुनै गाउँ बाँकी रहने छैन । अनशन नबसेको कुनै टोल अनि बस्तीहरु नै हुनेछैनन । अस्पतालहरु अनशनकारीका कारण भरिभराउ हुनेछन् । मुख्य कुरा, यो देशमा १७ हजार गंगामायाहरुले न्यायको छोरा खोजिरहेका हुनेछन् ।

कमल थापाको आदेशमा धेरै निहत्थाको मारिएका हुन्

शान्ति वार्ताको कुरा अब पुरानो भैसकेको छ । बागमतीमा धेरै खोला बगिसक्यो । पक्कै पनि हिजो युद्ध र आन्दोलनको समयमा भेतिक तथा मानविय क्षतिहरु भएका छन् । ती क्षतिहरुको पीडा र सम्बन्धित परिवारहरुलाई परेको पीडा शब्दमा व्यक्त गर्न सकिन्न । तर सरकारले ती पीडाहरुलाई मलम लगाउने सनदर्भमा पटक-पटक गरेर राज्य कोषको अरबौँ रुपैया खर्च गरिसकेको छ । विदेशी सायताको रकम पनि उत्तिकै बाँडिएका छन् ।
राज्यको व्यवस्था परिवर्तनको लागि गरिएको राजनैतिक बिद्रोह थियो त्यो । जहाँ १७ हजार मानिसहरुको ज्यान गयो । हजारौँ बेपत्ता छन् अंगभंग छन् । राज्यले पनि सुराकीको आरोपमा उसका तत्कालिन फौज शाही नेपाली सेनाले सयौँ निर्दोष मान्छेहरुलाई मारेको छ । जसरी पनि माओवादी मार्नै पर्ने माथिको आदेश पालाना गर्नकै लागि केवल लाशको खेति गरिएको छ र माओवादीको नाममा निहत्था जनता मारिएको छ ।

यस्तै घटनाहरु विद्रोही पक्षबाट हुँदै भएनन् भन्ने हैन । तर प्रतिशतको हिसाबको राज्यको तर्फबाट भन्दा एकदमै कम भयो । किनभने माओवादीहरु भूगोलमा थिए अर्थात गाउँमा थिए, ईलकाहरुमा थिए । त्यसैले माओवादीहरुले सुराकीहरु राम्रोसँग चिन्थे । किनभने सुराकीहरु नि गाँउले नै हुन्थे । तत्कालीन शाही नेपाली सेना भूगोलमा थिएन अर्थात् गाउँमा थिएनन् । त्यसैले कहिलेकाँही गाउँ पस्ने तिनले सुराकीको नाममा गुठालाहरु मार्थे ।

यहाँ भन्न खोजेको के हो भने तत्कालीन विद्रोही शक्ति माओवादीले फलना मार्यो, ढेस्का मार्यो बनेर बजारमा निकै हल्ला फिँजाईन्छ । गंगामायाको छोरा माओवादीले नै मारेको भन्ने आरोप छ । सुराकीको आरोपमा मारिएको भन्ने हल्ला छ । जो जसरी मारिए पनि ती केवल युद्धका समयमा मारिए । कमल थापाको आदेशमा मारिए, प्रचण्डको आदेशमा मारिए । केवल गंगामायाका छोराहरु मात्रै मारिएनन् । संमरण रहोस् ती १७ हजार सपुत बाबाआमाविहिन थिएनन् ।

गंगामायाको आँशुको ब्यापार

गोरखा जिल्ला फुजेल घर भएका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहिको माग राख्दै अनसन बस्न थालेको १२ बर्ष भन्दा बढि भैसक्यो । दुस्खद भन्नुपर्छ, अनशन बस्दा बस्दै बुवा नन्द प्रसाद अधिकारीको २०७१ साल असोज ६ मै मृत्यु भईसको छ । पक्कै पनि यो चिन्ताको बिषय हो । एउटा आमाबाबाले आफ्नो सन्तानलाई कति माया गर्छन् भन्ने बलियो उदाहरण पनि हो यो ।
जन्माएर, पालेर, ठूलो बनाएको सन्तान बुढेसकालको साहरालाई कसैले अचानक मारिदिन्छ भने त्यो आमाबाबाको मनमुटु जलेर खरानी हुन्छ कि हुदैन यो सोध्ने प्रश्न नै हैन । केही अपबादका कठोरताहरु अनि निर्ममताका उदाहरण बाहेक एउटा बाबा आमाले आफ्नो सन्तानको लागि कति दुस्ख गरेको हुन्छ त्यो कसैले सिकाईरहन जरुरी हुदैन । सन्तानको अनुहार हेरेर बाँचिरहेका आमाहरु सन्तान बिहिन हुदाँ पीडाको सगरमाथा अग्लिनछ नै ।

तर, पीडा अभिव्यक्तिका सिनामाहरु होलान् । युद्धकालका घटनासँग जोडिएका बिषयहरु कुनै घरायसी झगडा त हैन होला । यो कुनै हिटलर र यहुदीको लडाई पनि थिएन । यो कुनै सोभियत संघ वा बर्माको लडाई पनि थिएन । नेपाली दाजुभाईहरु नै एकआपसमा लडिरहेका थिए । त्यसका खास राजनैतिक कारण थिए । र, त्यो राजनैतिक कारण के थियो रु त्यो हामीमाझ छर्लङ्ग छ । गणतन्त्रका सार्वभौम नागरिक भएका छौ।

राज्यको व्यवस्था परिवर्तनको लागि गरिएको राजनैतिक बिद्रोह थियो त्यो । जहाँ १७ हजार मानिसहरुको ज्यान गयो । हजारौँ बेपत्ता छन् अंगभंग छन् । राज्यले पनि सुराकीको आरोपमा उसका तत्कालिन फौज शाही नेपाली सेनाले सयौँ निर्दोष मान्छेहरुलाई मारेको छ ।

अधिकारी दम्पतीका १७ वर्षे कान्छा छोरा कृष्ण प्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते तत्कालिन माओवादीले चितवनमा हत्या गरेको थियो भनिएको छ । आमा गंगामायाले अपराधीलाई कारबाहिको माग राखी आमरण अनशन थाल्दा आजको मितिससम्म कतैबाट सुनुवाई भएको छैन । उनको हत्या भएको ११ पुगी १२ वर्षमा प्रवेश गर्दा देशमा ११ जना प्रधानमन्त्री फेरिईसके तर छोराको हत्यारा पत्ता लागेको छैन ।
साँचो अर्थमा पत्ता लागोस् पनि कसरी रु युद्धाकलिन सबै घटनाहरुलाई एकमुष्ठ हल गर्ने भनिएको हो । टिआरसीबाट हल हुने यी बिषयहरु युद्धको कालखण्का र राज्य नै सहभागी भएको बिषय भएकाले मानव अधिकारवादीहरु त झन् सहयोगी हुनुपर्ने थियो । हो, युद्धका कारण केहि समयस्याहरु थपिएकै थिए । समस्या थिएन भने अनमिनलाई किन बोलाउनुपर्थ्यो होला र रु सेना समायोजन पनि यिनै तोर्पेहरुले गरिदिएको भए भैहाल्थ्यो ।

काँग्रेसको एजेण्डा

हाल मिडियाहरुमा जताजतै गंगामायाको कुरा मात्रै उठाएको देखिन्छ । यो भूमिकामा खसगरी पछिल्लो समयमा काँग्रेस देखिएको छ । काँग्रेसको राजनैतिक एजेण्डा भनेकै गंगामाया र गोविन्द केसी हो । यी दुईको लफडा हल भयो भने काँग्रेसको कुनै राजनैतिक एजेण्डा रहने छैन । मुलतस काँग्रेस राजनैतिक एजेण्डा विहिन हुनेछ । वीर अस्पतालको चिसो भुईमा आमरण अनसनमा रहेकी अधिकारीको आँशु देखाएर यिनिहरुले जनताको भावना जित्न खोज्दैछन् ।

तर, सधैभरी भावनामा रमाएर देश उभोँ लाग्दैन, भावनामा रमाउने जिम्मा कविहरु, गीतकारहरुको हो । रुने, चिच्चाउने जिम्मा पनि साहित्यकार, कलाकारहरु कै हो । राजनितिकर्मि, मिडियाकर्मिहरु यस्तो शक्ति हो जसले देशकाल परिस्थितिको ठीक ढंगले विश्लेषण गर्न सकुन् । यहाँनेर गंगामाको हकमा हरेक कुरा सुनुयोजित र एकतर्फी मात्रै भैरहेकोको छ । आवरणमा गंगामाया तर, भित्री रुपमा आँशुको ब्यापार भैरहेको छ ।
हिजो सम्म यी मानव अधिकारवादीहरु बालकृष्ण ढुंगेलको खेदो खनेरै एकबारको जुनी बिताए । जेल जीवन बिताएर ढुंगेल निस्के । आम माफी प्राबिधिक थियो, वास्तवमा उनले जेल सजाय काटेकै हुन् । अब अहिले गंगामाको बिषय यसरी उठाईएको छ, कि शेरबहादुर देउवा आफू प्रधानमन्त्री हुदाँ माखो मारेनन् अहिले अस्पताल चहारेर गंगामाया भेट्दै हिँडेका छन् । रामचन्द्र पौडेल पनि चर्कै बोलेका छन् । हिम्मत भएको भए यिनीहरुले आफ्नो सरकार भएको बेलामा गंगामायाको माग पुरा गरेको भए के हुन्थ्यो ?

अन्तिममा,

द्वन्दकालका सबै घटनाहरु दुखदायी छन् । जे भएपनि ती राजनैतिक थिए र राज्य पक्ष समेत संलग्न थियो युद्धमा । बरु भन्ने हो भने राज्य पक्ष झन् धेरै आक्रमक थियो मानौँ कि बिद्रोह नै उसले गरेको थियो ।

माओवादीलाई लडेरै तह लगाउने योजनामा रहेको तत्कालीन राज्यले विदेशी शक्तिहरुको सहयोगमा युद्धलाई झन् चर्कायो । नयाँ-नयाँ हतियारहरुले आखिर कस्को छातीमा गोलि दागियो रु नयाँ-नयाँ करेट लन्चरहरु आखिर कस्को बस्तिमाथी खसालियो रु यो सबैलाई जगजाहेर होला ।
कम्तिमा आफूलाई मानव अधिकारवादी भन्नेहरुलाई त यो कुराको झन् धेरै जानकारी हुनुपर्छ । गंगामाको छोराको हत्या घर झगडामा भएको थिएन, युद्धकै क्रममा भएको थियो । हो, हामीले पीडितहरुलाई न्याय दिलाउनै पर्छ। त्यो भनेको घर नहुनेलाई घर दिने हो, खाना नहुनेलाई खाना दिने हो, लुगा नहुनेलाई लुगा दिने हो, जागिर नहुनेलाई जागिर दिने । तर, छोरा नहुनेलाई छोरा दिन सकिन्न । माफ गर्नुहोस् गंगामाया, तपाईको छोरा फिर्ता आउने छैनन् ।

आमा, के हामी तपाईका छोरा हैनौँ र ?

 

साभार : दैनिक नेपाल

  • २१ असार २०७५, बिहीबार ०८:२९ प्रकाशित
  • Nabintech