फाइल फोटो
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
वलीका अनुसार नेपालगन्ज – १८ की ६९ बर्षिया कोरोना संक्रमित ती महिलाको गएराती १०:३० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक व्यक्तिलाई गत ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६८ पुगेको छ । जसमध्ये, बाँकेका ३४० जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२८ पुगेको छ ।
२२ कार्तिक २०७८, सोमबार ०९:०७ प्रकाशित