कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ः३० बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समेत गरी २१ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री शाहीले मंगलबार नै शपथ लिनेछन् ।
१६ कार्तिक २०७८, मंगलवार २०:५२ प्रकाशित