राखेप सदस्य सचिवको जिम्मेवारी ढकाललाई
  • काँचुली खबर

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कार्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदासम्मकोलागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले बताए ।

  • १६ कार्तिक २०७८, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech