बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो ।
विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी २ लाख बराबरका पटाकाहरु जनप्रतिनिधि, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

१६ कार्तिक २०७८, मंगलवार १६:२६ प्रकाशित