प्रेस चौतारी लुम्बिनीले पायो पूर्णता: अध्यक्षमा पन्थी र महासचिवमा बस्नेत चयन
  • काँचुली खबर

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले पुर्णता पाएको छ । बाँकेको कोहलपुरमा सम्पन्न प्रदेश सचिवालयको बैठकले कमिटीलाई पुर्णता दिएको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीलाई पूर्णता दिएको छ । यसअघि केन्द्रिय सचिवालयले प्रदेश कमिटीमा संयोजक र सहसंयोजक सहित सदस्यहरुको मात्र ब्यवस्था गरेकामा नयां ब्यवस्था अन्तर्गत पदाधिकारीको जिम्मेवारी वांडफांड गरेको हो ।
जसअन्तर्गत प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी (अर्घाखांची), उपाध्यक्ष प्रदीप आचार्य (रुपन्देही), महिला उपाध्यक्ष पार्वती पाण्डे(कपिलवस्तु), महासचिब भेषराज बस्नेत (बाँके), सचिव अमृत गिरी (रुपन्देही), सचिव बेणीमाधब ज्ञवाली (नवलपरासी) र कोषाध्यक्ष एल.बी थापा (प्युठान) लाई जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटी ९९ सदस्यीय कायम भएको छ ।
बैठकले प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकेको छ । जसअन्तर्गत नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देही प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पा कमलराज तिमिल्सिना, गुल्मी युवराज पाण्डे, अर्घाखाँची गणेश खनाल, प्युठान गिरु भण्डारी, दाङ टिका बस्नेत, रोल्पा र रुकुम शोभाखर पन्थी, बाँके भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको महासचिव भेषराज बस्नेतले जानकारी दिए ।

  • १६ कार्तिक २०७८, मंगलवार ०७:३७ प्रकाशित
  • Nabintech