अवैध रुपमा भन्सार छली ल्याउदै गरेका खसीसहित अन्य सामाग्री बरामद
  • काँचुली खबर

बाँके प्रहरीले सोमबार नेपालगन्जबाट भारततिरबाट भन्सार छली गरेर नेपाल ल्याउदै गरेका अवैध खसीसहित अन्य सामाग्री बरामद गरेको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट भारततिरबाट नेपाल ल्याउदै गरेका अवैध खसी, लत्ता कपडा तथा चिनी लगायतका अन्य सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । अन्दाजी ७७ हजार ९ सय बराबरको उक्त सामाग्रीलाई आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले दैनिक जस्तो भारततिरबाट अवैध रुपले नेपाल भित्र्याउन लागेको विभिन्न सामाग्रीहरु बरामद गर्दै आइरहेको छ । तर, ती सामाग्री ल्याउने व्यक्तिहरूका बारेमा भने बाँके प्रहरीले मौन देखिन्छ ।

  • १५ कार्तिक २०७८, सोमबार १७:३३ प्रकाशित
  • Nabintech