धमाधम फरार प्रतिवादी पक्राउ गर्दै बाँके प्रहरी
  • काँचुली खबर

बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।
पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहदै आएका खजुरा गाउँपालिका वडा नम्बर ३ का २५ बर्षिय शतिष बिकलाई सोमबार पक्राउ गरेको हो ।
बिकलाई उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले गत भदौ १३ गते ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष ३ महिना २४ दिनको कैद सजाय फैसला गरेको थियो । त्यसपछि उनि फरार रहदै आएका थिए । पक्राउ परेका बिकलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार १४:३४ प्रकाशित
  • Nabintech