स्रोत नखुलेको ८ लाखबढी रकमसहित तीन पक्राउ, थप अनुसन्धानका लागि कोहलपुर पठाइयो
  • काँचुली खबर

कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट गत शुक्रवार साँझ मष्टा गाउँपालिका वडा नम्बर १, कोटदेवलका २२ बर्षिय मुकेश खड्का, सोही ठेगानाका १८ बर्षिय किरण खड्का र २४ बर्षिय नारायण खड्कालाई पक्राउ गरेको जनाएको छ ।

उनिहरुको साथबाट ८ लाख ६९ हजार स्रोत नखुलेको नेपाली रुपैयाँ, ३ हजार २ सय भारती रुपैयाँ, सुनको जस्तो धातुका विभिन्न गरगहना ३४.३६० ग्राम, चाँदीको जस्तो धातुका विभिन्न गहना र सामानहरु ७३७.८७ ग्राम बरामद गरेको जनाएको छ ।
नगद रकम, उक्त सामाग्रीसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
सुदुरपस्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार १३:५३ प्रकाशित
  • Nabintech