युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीलाई स्वागत गरेका छन । शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताईरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन ।
नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुताईरीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुताईरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुताईरीले नेपाल र नेपालीहरुको मायाँले आफु पुनः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुताईरीले नेपालले आफुलाई धेरै माया दिएको बताए ।
शनिबार नेपाल फर्किएका अल्मुताईरी थप तीन वर्ष नेपालकालागि राष्ट्रिय पुरुष फुटबल प्रशिक्षकका रुपमा काम गर्ने भएका हुन ।
१४ कार्तिक २०७८, आईतवार १८:०० प्रकाशित